Logo

कालोसूचीमा १० हजारभन्दा बढी थपिए



काठमाडौ, भदौ १८ । कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ । ऋणीहरूभन्दा पनि बैंकमा पर्याप्त मौज्दात नभई चेक काट्नेहरू कालोसूचीमा बढी परेका छन् ।

कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार गत चैत्र महिनादेखि भदौ १५ गतेसम्म कालोसूचीमा १० हजार ७३२ जना थपिएका छन् । कालोसूचीमा कूल १३ हजार २४ जना रहेका छन् । असार महीनामा मात्रै ९ हजार ६ सय २६ जना कालोसूचीमा थपिएका छन् । चैतमा २ सय २६, वैशाखमा ८९, जेठमा १ सय ३७, साउनमा ४ सय ८६, भदौमा १ सय ६८ जना कालोसूचीमा परेका छन् ।

कालोसूचीको संख्या बढेको भन्दै विश्व बैंक, अन्तरराष्ट्रिय वित्त निगमजस्ता अन्तरराष्ट्रिय संगठनले समेत सोधपुछ गरेको कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताए । केन्द्रले सार्वजनिक गर्ने तथ्यांकमा कालोसूचीमा पर्ने ऋणी भनेर मात्र उल्लेख गरेको तर त्यसभित्र बाउन्स चेक जारी गर्ने हरूसमेत राखिएकाले अधिकांश झुक्किएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले २०७६ भदौमा एकीकृत निर्देशनमार्पmत चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चेकमा गलत हस्ताक्षर गरेमा र खातामा पर्याप्त रकम नभएर ९चेक बाउन्स भएमा० १ साताभित्र पनि रकम भुक्तानी नगरे कालोसूचीमा राख्ने व्यवस्था गरेको थियो । यसभन्दा अघि पटकपटक चेक बाउन्स हुने गरेको ठहरिएमा मात्र चेक जारी गर्नेलाई कालोसूचीमा राख्ने गरिन्थ्यो ।

केन्द्रको कालोसूचीमा खराब कर्जा तथा निगरानीमा परेका ऋणीको संख्या कम भएको तर चेक बाउन्सको नाममा कालोसूचीमा पर्नेको संख्या बढेको केन्द्रको भनाइ छ ।

उनका अनुसार कुल संख्यामध्ये ६५ प्रतिशत अर्थात् साढे ६ हजार जना चेक बाउन्सका कारण कालोसूचीमा परेका हुन् । बाँकी ३५ प्रतिशत ऋणीमात्र निगरानीमा परेका खराब ऋणीहरू रहेको कार्यकारी प्रमुख अधिकारीको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्