Logo

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु



काठमाडौँ, १९ भाद्र। जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि यो आदेश जारी भएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्युआदेश जारी भएको जानकारी दिएको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्