कोरोना संक्रमणबाट आज मृत्यु भएका ९ जना को को (विवरणसहित)


काठमाडौं, २० भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज काठमाडौंमा तीन पुरुषसहित ९ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबट ३ महिला र ६ पुरुषको मृत्यु पुष्टि गरेका हुन् ।

देशभर कुल २ सय ८० जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये २ सय ३ पुरुष र ७७ महिला छन् । पछिल्लो एक महिनायता दिनहुँ मृतक संख्या थपिइरहेको छ ।

मृतकको विवरण
१. मोरङका ४३ वर्षीया महिला
२. मकवानपुरका ५२ वर्षीया महिला
३. नवलपरासीका ३७ वर्षीय महिला
४. पर्साका ७५ वर्षीय पुरुष
५. महोत्तरीका ७८ वर्षीय पुरुष
६. काठमाडौंका ४१ वर्षीय पुरुष
७. काठमाडौंका ५९ वर्षीय पुरुष
८. काठमाडौंका ६५ वर्षीय पुरुष
९. रुपन्देहीका ४० वर्षीय पुरुष