काठमाडौँ, २१ भदौ: सुनको भाउ ओरोलो लाग्ने क्रम जारी छ। गत बुधबारदेखि ओरालो लागिरहेको सुनको भाउ साताको पहिलाे दिन पनि घटेको छ। भदौ २१ गते आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो।
यस दिन छापावाला सुनकाे मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुनकाे प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
चाँदीको भाउ भने आइतबार वृद्धि भएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ। गत साताको मंगलबार एक हजार ३९५ रुपैयाँसम्म पुगेको चाँदीको भाउ त्यसयता भने गिरावट भएको देखिन्छ।
कोभिड १९ महामारी फैलिएसँगै देशका प्राय स्थानमा निषेधाज्ञा जारी गरिएको छ। जसका कारण सुन चाँदी व्यवसाय ठप्प रहेको छ। यद्यपी संक्रमण मुक्त केहि स्थानमा भने व्यवसाय सुचारु गरिएको छ।मेरोलागानी/File Photo




प्रतिक्रिया