Logo

८७ वर्ष पुगेकी गायिका आशा भोस्ले आफै खाना बनाउँछिन्



एजेन्सी, २३ भाद्र । भारतकी महान गायिकामध्ये एक आशा भोस्लेले आज ८७ औं जन्मदिन मनाइरहेकी छिन् । आशा भोस्लेमा भएको ऊर्जा र उत्साहले अहिलेका युवाहरुलाई पछाडी पारी दिन्छ । उनी एक अलराउन्डर गायिका हुन् । आशाले गाएका चर्चित तथा कालजयी गीतहरु धेरै छन् ।

आशाले गायन यात्रा सुरु गर्दा लता जस्ता दिग्गज गायिकाहरु थिए । उनीहरुसँग प्रतिस्पर्धामा जान निकै कठिन भएको थियो उनलाई । आशालाई एकाध फिल्मका गीत गाउने बल्ल बल्ल अवसर मिल्थ्यो । यस्तो कठिन चुनौतिका बाबजुद पनि आशाले आफ्नो छुट्टै स्थान बनाइन् । लता जस्ता बिशाल वृक्षमुनि बसेर पनि आफैले आफ्नो पहिचान बनाइन् । उनले भारतमा मात्र नभएर नेपालमा पनि थुप्रै गीत गाएकी छिन् ।

हाल उनी जन्मदिन छोरा आन्नन्द, बुहारी अनुजा र नानि नातिना जनाई र रंजनीसँग मनाउदै छिन् ।

लामो लकडाउनमा उनले खानाका विभिन्न परिकार बनाएकी थिइन् । नातिनी जनाईले मुम्बईबाट आशा भोस्लेको लागि फ्रेस क्रिम फ्रुट केक लिएर आएकी छिन् । उनलाई जापानी र चाइनीज खाना पनि धेरै मन पर्छ । आशाले आफ्ना नातिनातिना दुवैजना प्रतिभाशाली भएकोमा गौरव गर्छिन् ।

आशा भोस्ले अहिले पनि खाना पकाउने र खाना खुवाउन तत्पर रहन्छिन् । अब उनी रेष्टुरेन्ट खोलेर महिलाहरुलाई रोजगारी दिन चाहान्छिन् । उनले जन्मदिनको दिनको अवसरमा भनिन्, ‘१० वर्षदेखि गीत गाएर आफ्नो खुट्टामा उभिएको र अहिले ८७ वर्ष हुँदा पनि गायन क्षेत्रमै उभिन पाउँदा खुशी छु । मेरो एक सुन्दर परिवार छ, र एक ठुलो प्रंशसक परिवार पनि छ । यो भन्दा धेरै के चाहियो । ’



प्रतिक्रिया दिनुहोस्