ललितपुर, भदौ २४ । जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । मृतक काठमाडौं विशालनगर निवासी हुन् ।
मंगलबार बिहान अस्पताल भर्ना भएको उनको बेलुका निधन भएको थियो । मृतक मधुमेह, रक्तचापसहितको दिर्घ रोग रहेकोे अस्पतालले जनाएको छ। मृतकको शव व्यवस्थापन हुन सकेको छैन् ।




प्रतिक्रिया