कोरोनाबाट आज मृत्यु पुष्टि भएका छ जना को को (विवरणसहित)


काठमाडौं, २४ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज छ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा ३ पुरुष र ३ महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंका दुई सहित कुल छ जनाको मृत्यु भएको हो । मृतकमध्ये अर्घाखाँचीका ४२ वर्षीय पुरुष बाहेक बाँकी पाँचजना वृद्धवृद्धा छन् ।

मृतकको विवरणसहित

१. काठमाडौंका ८३ वर्षीया महिला
२. काठमाडौंका ६७ वर्षीय पुरुष
३. कास्कीका ७३ वर्षीय महिला
४. अर्घाखाँचीका ४२ वर्षीय पुरुष
५. बाँकेका ८० वर्षीया महिला
६. नवलपरासीका ६४ वर्षीय पुरुष