Logo

बाबुरामको जीवनका प्रेरक व्यक्तित्वमा पृथ्वीनारायण शाहपनि



काठमाडौं, २५ भदौ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्नो जीवनका प्रेरक व्यक्तित्वहरुको नाम सार्वजनिक गरेका छन् । उनले ‘क’ र ‘ख’ वर्गमा वर्गीकरण गर्दै प्रेरक व्यक्तित्वहरुको नाम सार्वजनिक गरेका हुन् । क वर्गमा उल्लेखित व्यक्तित्वहरुलाई उनले अन्तर्राष्ट्रिय र ‘ख’ मा राष्ट्रिय व्यक्तित्व उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा बाबुरामले लेखेका छन्,‘मेरा जीवनका प्रेरक व्यक्तित्व: (क)अन्तर्राष्ट्रिय:१.गौतम बुद्ध (आत्मिक चिन्तन) २.कार्ल मार्क्स (समाज विज्ञान) ३.आल्बर्ट आइन्सटाइन (भौतिक विज्ञान) (ख)राष्ट्रिय:१.पृथ्वीनारायण शाह (रणनीति) २.बीपी कोइराला (आधुनिकता)३.पुष्पलाल श्रेष्ठ (सामाजिक न्याय)”



प्रतिक्रिया दिनुहोस्