Logo

चक्र कुन कुन देवतासँग छ



सबै शास्त्रमा चक्रलाई छोटो, तर सबैभन्दा अचुक अस्त्र मानिएको छ । सबै देवी देवताहरुको अलग अलग चक्र छ । यी सबैलाई अलग अलग नाम दिइएको छ । भोलेनाथको चक्रको नाम भवरेन्दु हो । भगवान विष्णुको चक्रको नाम कान्ता चक्र र देवीको चक्र मृत्यु मन्जरी चक्र हो । सुदर्शन चक्र भगवान कृष्णको चक्र हो ।

वास्तवमा सुदर्शन चक्रको निर्माण भगवान शंकरले गरेका थिए । निर्माण गरेर शिव शंकरले विष्णुलाई सुम्पिदिएका थिए । श्रीविष्णुले देवी पार्वतीलाई आवश्यक परेकोले दिए । पार्वतीले परशुरामलाई दिइन् । परशुरामबाट भगवान कृष्णले सदाकोे लागि प्राप्त गरे ।

हैहय वंशको राजा कार्तविर्यार्जुनलाई सुदर्शन चक्रको अवतार मानिएको छ । उनको साधना गरेर धेरै प्रकारका हराएका वस्तु प्राप्त गर्न सकिने मान्यता अझै पनि रहेको छ । सुदर्शन चक्र कुनै दिशा वा कुनै पनि लोकमा वांछित सामाग्री खोज्न सक्षम हुन्छ । उनको साधनाको लागि बत्ती बालेर उत्तर दिशातीर मुख पारेर बस्नु पर्छ । आफ्नो हराएको वस्तुको कामनाको उच्चारण गरेर भगवान विष्णुको सुदर्शन चक्रधारी रुपको ध्यान गर्नु पर्छ । धार्मिक कथाको सहयोगमा



प्रतिक्रिया दिनुहोस्