Logo

गोदावरी खोला किनारमा शौच गर्नेहरुको बिगबिगी, प्रदुषण बढ्दो



ललितपुर, २६ भाद्र । यो गोदावरी खोलाको दृश्य हो । जहाँ केही व्यक्तिहरु शौच गरिरहेका छन् । हरेक विहान यसरी नै खोला छेऊ शौच गर्नेहरु देखिएका छन् ।

गोदावरी खोलको तस्बिरमा देखिएको यो क्षेत्र महालक्ष्मी नगरपालिका अन्र्तगत सिद्धिपुर र विष्णुडोलको सीमामा पर्छ । नगरपालिका खुला दिशामुक्त क्षेत्र हो । तर, खोलामा दैनिकजसो केही व्यक्तिहरु आएर शौच गर्दै आएका छन् ।

खुल्ला दिशा गर्नेहरुका कारण प्रदुषण बढेपछि सामाजिक अभियन्ता विजय महर्जनले यसलाई रोक्न दबाबमुलक कार्य समेत गरेका छन् । तैपनि यस्ता व्यक्तिहरु खुल्ला ठाउँमा शौच गरेर प्रदुषण गर्न छाडेका छैनन् ।

उपत्यकाको सफा खोलामध्येको गोदावरी खोला पछिल्लो समय प्रदुषित बन्दै गएको छ । जथाभावी फोहोर फाल्ने र गाइवस्तु तथा विभिन्न जनावर पालेर फोहोर खोलामै फाल्ने देखिएका छन् । यस्ता गतिविधिप्रति स्थानीयवासी आक्रोशित हुनथालेका छन् ।-Photo Source: Bijaya Maharjan



प्रतिक्रिया दिनुहोस्