Logo

लुभुमा निकास विनै ढल हाल्दा यस्तो भो हालत, स्थानीय आक्रोशित



ललितपुर, २६ भाद्र । महालक्ष्मी नगरपालिका ८ को विष्णुडोलबाट लुभु जाने बाटो पाँच महिनादेखि अवरुद्ध छ । कारण हो ढल । विकास बजेट भन्दै जथाभावी ढल हाल्दा बाटो हिंड्न समेत मुश्किल पर्ने भएको छ ।

निकास नभएको ढल खनेर हालिएको छ । केही स्थानीयले घर घरबाट भान्छा र सेफ्टी टैंकी समेत जोड्न थालेका छन् । तर, ढलको निकास छैन ।

ढललाई सिधै खोलामा लगेर मिसाउन खोजिएपछि विरोध हुन थालेको छ । विना योजना र ढल निकासको निक्र्यौल नहुँदा भविष्यमा ठुलो समस्या आउने देखिएको छ ।

ढलको फोहोर बाटोमै निस्कन थालेको छ । हिंड्न समेत नहुने भएपछि बाटो ढलको फोहोर बग्ने प्रदुषणस्थलमा रुपान्तरण भएको छ ।

Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्