Logo

विश्वको विनाशको ‘संकेत’



विश्वभर अलग–अलग प्रकारका भविष्यवाणी भइरहेका छन् । इजरायलमा भर्खर मात्र विश्वको अन्त्य हुने संकेतको विषय बाहिर आएको छ । गाईले रातो बाच्छी जन्माएसँगै यस्तो भविष्यवाणी गरिएको हो । बाच्छी जन्मिएको विषयलाई लिएर यो दुनियाँको अन्त्य हुने दावी गरिएको छ । रातो बाच्छीलाई धेरै अगाडी गाईले जन्माएको थियो । सामाजिक सञ्जालमा कोही भने पत्याएर डराएका छन् कसैले अन्धविश्वास भनिरहेका छन् ।

एक मिडियाको रिर्पोट् अनुसार इर्साई र यहुदी धर्म ग्रन्थमा रातो बाच्छी जन्मनु विश्वकै सर्वनाश हुने संकेत हो । हाल नवजात बाच्छीको बारेमा गहिरो अनुसन्धान भइरहेको छ । रातो बाच्छी जन्मिएको इन्स्टिच्युटले नै सबैभन्दा पहिला युट्युवमा राखेको थियो ।

बाच्छीलाई राम्रोसँग जाँच गरेपछि मात्र पुरै रातो हो वा होइन भन्ने पत्ता लाग्छ । एक देवदुतले भनेका थिए रातो गाई जन्मिदा यो विश्व नै विनाश हुनेछ । ईसाई र यहुदिमा विश्व विनाससँग जोडिएको भविष्यवाणीमा रातो गाई सबैभन्दा महत्वपुर्ण चीज हो । बाइबलमा भनिएको छ कि धर्तीमा पुर्ण रुपमा रातो बाच्छीले जन्म लिनेको अर्थ यहुदी मसिहाले जन्म लिएका हुन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्