Logo

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा सङ्क्रमण बढ्दो, संकट आउन सक्छ



काठमाडौं, २७ भाद्र। कोभिड–१९ को महामारीको बेला अग्रपंक्तिमा रहेर सेवा दिने प्रमुख दुई क्षेत्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित हुने क्रम बढेको छ । पछिल्लो आठ दिनमा काठमाडौं उपत्यकाका २५२ जना स्वास्थ्यकर्मी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सधैं जनसम्पर्कमा रहने उपत्यकाका ६२० जना सुरक्षाकर्मीमा पछिल्लो एक सातामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार सङ्क्रति हुने क्रम पछिल्लो दुई साता यता बढेको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भन्नुहुन्छ, “स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित हुने अवस्था यस्तै रहे सेवामा संकट उत्पन्न हुन सक्छ ।”
एक साताभित्र देशैभरि करिब सात हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा भदौ १५ गतेदेखि २३ गतेसम्म तीन हजार ५५० जनामा सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये ८७२ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । जुन उपत्यकाका कुल सङ्क्रमितको २५ प्रतिशत हुन आउँछ ।

सशस्त्र प्रहरी अस्पताल, बलम्बुका चिकित्सक डा। प्रवीण नेपालले पछिल्लो दुई साता यता स्वास्थ्यकर्मी सङ्क्रमित हुने क्रम बढेको स्वीकार्नु हुँदै आगामी दिनमा अझै बढ्न सक्ने बताउनुहुन्छ । उक्त अस्पतालमा छ जना स्वास्थ्यकर्मीमा सङ्क्रमणको पुष्टि भएको छ । डा। नेपालले छ जनै पछिल्लो दश दिनमा सङ्क्रमित भएको जानकारी दिनुभयो ।
स्वास्थ्कर्मी सङ्क्रमणबाट जोगिन अस्पतालले पर्याप्त ब्यक्तिगत् सुरक्षा उपकरण९पीपीई० राख्नुका साथै नियमित प्रशिक्षण दिनुपर्ने मन्त्रालयका प्रवक्ता डा। गौतम बताउनुहुन्छ । तर प्रशिक्षण र पर्याप्त उपकरणले मात्रै स्वास्थ्यकर्मीलाई सङ्क्रमणबाट जोगाउन नसकिने डा। नेपाल तर्क गर्नुहुन्छ । उक्त अस्पतालमा ड्युटीमा ‘डिप्लोइ’ गर्नुअघि प्रत्येक स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । यद्दपी सङक्रमित भएको डा। नेपालले सुनाउनुभयो ।

छ जनामा सङ्क्रमणको पुष्टि भएकोमा आवासीय र घरबाट ड्युटी आउने दुबै छन् । “सबै स्वास्थ्यकर्मी आवासीय हुन्न, अस्पतालमा बिरामी परीक्षण गर्दागर्दै रेसिडेन्सियल स्वास्थ्यकर्मी समेत सङ्क्रमित भएका छन्, ड्युटी गरेर घर फर्किने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।”– उहाँले प्रष्ट्याउनुभयो । सशस्त्र अस्पतालमा ७० जना आवासीय र ६० जना घरबाट ड्युटी आउने स्वास्थ्यकर्मी छन् ।

बढ्दो सङ्क्रमणले स्वास्थ्यकर्मीलाई मात्रै जोखिम निम्तिने नभई अन्य रोगका बिरामी समेत जोखिममा पर्ने हुन्छ । काठमाडौंसहित देशैभरि आइसोलेशन सेन्टर बाहेक ‘डेडीकेटेड’ कोभिड अस्पताल छैन् । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार सङ्क्रमित हुने अधिकांश स्वास्थ्यकर्मी ‘नन कोभिड’ अस्पतालका छन् । जसले गर्दा अन्य रोगका बिरामीमा समेत कोरोना सर्ने जोखिम बढ्छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतम भन्नुहुन्छ, “सामाजिक दूरीको पालना गर्ने, मास्क लगाउने र नियमित साबुन पानीले हात धुने सतर्कताका उपाय सर्वसाधारण मात्रैका लागि नभई स्वास्थ्यकर्मीमा पनि लागू हुन्छ ।” स्वास्थ्यकर्मीले बिरामी परीक्षण गर्ने क्रममा सामाजिक दूरी बनाउन सम्भव हुन्न । तर पीपीई अनिवार्य लगाउनुपर्ने र परीक्षणपछि नियमित हात धुनुका साथै घर परिवारमा समेत सचेत भएर बस्नुपर्ने उहाँ सुझाउनुहुन्छ । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्