Logo

करणीपछि गर्भधारण गरेकी बालिकालाई गर्भपतन गर्न लगेका युवक पक्राउ



धादिङ, २७ भाद्र । आफैँले जबरजस्ती करणी गरेका कारण गर्भ बसेपछि गर्भपतन गर्न अस्पताल लानेलाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया एक बालिकालाई ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कूमालले बलात्कार गरेको आरोपमा पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

गर्भवती भएकी बालिकालाई लिएरकूमाल धादिङ अस्पताल आएका थिए । गर्भपतन गराउनआएको जानकारी पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकालाई पटक पटक घरमा बोलाएरर ललाइ फकाइ बलात्कार गर्ने गरेको र पछिल्लो पटक भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

बालिकालाई महिला सुरक्षा घर सेफ हाउस मा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको खबर आजको समाचार पत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्