Logo

कोरोनाबाट थप एक पुरुषको मृत्यु



बुटवल, भदौ २७ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार भदौ १६ गते अस्पतालमा भर्ना भएको मृतकलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्