Logo

कोरोना संक्रमणबाट थप एक कैदीको मृत्यु



धरान, भदौ २७ । नेपालमा कोरोना संक्रमणबाट थप एक जना कैदीको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका कैदीको मृत्यु भएको हो ।

उनलाई इनरुवा अस्पतालबाट शुक्रबार दिउँसोमात्रै धरान रिफर गरिएको हो । मृतक सुनसरीको रामधुनी नगरपालिका ५ झुम्काका ४३ वर्षीय पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्