Logo

ट्रम्पको मध्यस्थतामा इजरायल र बहराइनबीच ऐतिहासिक सम्झौता



एजेन्सी, २७ भाद्र । अमेरिकी राष्ट्रपति चुनाव नजिकिदै गर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को ऐतिहासिक सफलता हासिल गरेका छन् । उनको पहलमा इजरायल र बहराईनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको छ ।

शुक्रबार भएको ऐतिहासिक सम्झौतामा बहराइनले इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापित गरेको छ । यसमा ट्रम्पले मध्यस्थता गरेका छन् । अमेरिकासहित बहराइन र इजरायलले संयुक्त वक्तव्यमार्फत् कुटनीतिक सम्बन्ध स्थापनाको जानकारी गराएका छन् । बहराइनले इजरायललाई राष्ट्रको मान्यता दिएको छ ।

यसअघि ट्रम्पले युएईसँग इजरायलको यस्तै ऐतिहासिक सम्बन्ध स्थापित गर्न मध्यस्थकर्ताको भुमिका निभाएका थिए । कुसल मध्यस्थकर्ताको पहिचान बनाएका ट्रम्पले फेरि अर्को बाजी मारेका छन् । यसरी उनले अमेरिका भित्र र बाहिर आफ्नो बलियो छवि बनाएका छन् ।
यी सबै घटना अमेकिरामा राष्ट्रपति चुनाव नजिकिन दुई महिनाभन्दा कम समय बाँकी रहँदा विकास भएको हो ।

ट्रम्प ऐतिहासिक सम्झौताहरु गराएर आफूलाई नोबल पुरस्कारको दाबेदारका रुपमा उभ्याएका छन् । उनको नाम २०२१ को नोबेल शान्ति पुरस्कारको दाबेदारको सुचीमा परेको छ । फक्सन्युजका अनुसार ट्रम्प नोबल शान्ति पुरस्कारको मनोनयन सुचीमा परेका छन् । एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्