Logo

ललितपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु



ललितपुर, भदौ २७ । ललितपुरमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ।मेघा अस्पतालमा एक र पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतक मध्ये दुई जना भक्तपुरका रहेका छन भने एक जना ललितपुरका हुन् । भक्तपुरका ३८ वर्षीय पुरुष २६ गते तथा भक्तपुरकै ७२ वर्षीय भदौ १७ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै, काठमाडौंका ५१ वर्षीय पुरुष भदौ १९ गते अस्पताल भर्ना भएका थिए ।



प्रतिक्रिया दिनुहोस्