Logo

स्थायी कमिटीको बैठकमा बामदेवबारे केही छलफल भएन : भीम रावल (भिडिओसहित)



काठमाडौं, २७ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री एवम् सांसद डा. भीम बहादुर रावलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले अघि सारेको राजनीतिक प्रतिवेदन कार्यान्वयन हुने विश्वास दिलाएका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रतिवेदनलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालको कुनै असन्तुष्टि नभएको पनि जिकिर गरे ।

उनले भने,”उहाँले यी सबै कुराहरुको समर्थन गर्नुभएको छ । बरु, उहाँले प्रतिवेदन कार्यान्वयनमा जोड दिनुपर्छ ।’ उनले हिजो बसेको पार्टीको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने विषयमा छलफल नभएको जिकिर गरे । पार्टीका निर्णयहरु कार्यान्वयन हुनुपर्ने कुरामा आफूहरुले जोड दिएको बताउँदै उनले वामदेवलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयपनि कार्यान्वयन हुने विश्वास दिलाए ।

 



प्रतिक्रिया दिनुहोस्