Logo

एमसीसी अहिले पारित हुँदैन् : झलनाथ खनाल



काठमाडौं, २७ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले एमसीसी तत्काल पारित नहुने स्पष्ट पारेका छन् । हिजो बसेको स्थायी कमिटी बैठकमा एमसीसी परिमार्जनसहित पारित गर्ने निर्णय भएको कुरा बाहिर आएको भोलिपल्ट नेता खनालले यस्तो बताएका हुन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा खनालले एमसीसीका सम्बन्धमा अब बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने जनाए । उनले भने, एमसीसी अहिले पारित हुँदैन् । हिजो बसेको स्थायी कमिटी बैठकमा परिमार्जनसहित एमसीसी पारित गर्ने निर्णय भएको हो । तर, तत्काल पारित हुँदैन् ।

उनले एमसीसीको सम्बन्धमा स्थायी कमिटीको अर्को बैठकमा बृहत्त छलफल हुने जानकारी दिए । उनले भने,‘अबको बैठकमा हामी एमसीसीका कुन कुन बुँदा परिमार्जन गर्ने भन्नेबारेमा केन्द्रित रहेर छलफल गर्छौं । तर, अहिले पारित हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्