Logo

हाम्रो युवा समुहको आयोजनामा रक्तदान



ललितपुर, २७ भाद्र । हाम्रो युवा समुहको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिका- ८ शंखादेवीमा आयोजना भएको कार्यक्रममा ६४ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए ।

बक्सिङका राष्ट्रिय खेलाडी म्याक्स बीले पनि रक्तदान गरेका थिए । रक्तदानमा ललितपुर रक्त संचार सेवा केन्द्र, पुल्चोकको प्राविधिक सहयोग थियो भने विष्णुडोल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, महर्जन निर्माण सेवाको विशेष सहयोग थियो ।

रक्तदानमा सहभागी हुनेलाई हाम्रो युवा समुहका संयोजक विवेककुमार कार्कीले विशेष धन्यवाद दिदै प्रमाणपत्र प्रदान गरेका थिए । उनले कार्यक्रमका प्रमुख अतिथि बिष्णुडोल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण कार्की, विशेष अतिथिहरु नेपाल रेडक्रस सोसाइटी ललितपुरक जिल्ला शाखाका उपमन्त्री जगन्नाथ श्रेष्ठ र महर्जन निर्माण सेवाका प्रोपाइटर वीरेन्द्र महर्जनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा सक्रिय हाम्रो युवा समुहले विगत दुई वर्षयता नगरपालिका भित्र र बाहिर विभिन्न सामाजिक कार्यमा सक्रिय भुमिका निभाउँदै आएको छ ।

Photo Source: Hamro Yuba Samuha



प्रतिक्रिया दिनुहोस्