Logo

काठमाडौं उपत्यकामा पाँचजना कोरोना संक्रमितको मृत्यु (विवरणसहित)



काठमाडौं, २७ भाद्र । आज काठमाडौ उपत्यकामा पाँचजना कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा एक महिला र चार पुरुष छन् ।

काठमाडौंमा ३ र भक्तपुरमा २ जनाको संक्रमणबाट मृत्यु भएको हो । जसमध्ये दुईजना वृद्धवृद्धा छन् । पछिल्लो समय उपत्यकामा संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहँदा उपत्यकामा पनि जोखिम बढेको छ ।

मृतकको विवरण
१. काठमाडौंकी ७६ वर्षीया महिला
२. काठमाडौंका ५४ वर्षीय पुरुष
३. काठमाडौंका ५१ वर्षीय पुरुष
४. भक्तपुरका ७२ वर्षीय पुरुष
४. भक्तपुरका ३८ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्