Logo

एक लाख १० हजार भन्दा बढीको स्वाब सङ्कलन



विराटनगर, २७ भदौ: प्रदेश २मा पछिल्लो २४ घण्टामा १३२ जना नयाँ सङ्क्रमित थपिएको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १६ , सिरहामा पाँच , धनुषामा एक, महोत्तरीमा सात, सर्लाहीमा ८०, बारामा १४ र पर्सा नौ जना गरी १३२ जना नयाँ सङ्क्रमित थपिएको हो । समेतगरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ८४५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो समेत यस प्रदेशमा महिला एक हजार ९०७ र पुरुष नौं हजार ९३८ गरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ८४५ पुगेको छ । ती मध्ये ४२ जना उपचार गराइ आज निको भएर घर फर्केका छन् । योसमेत गरी अहिलेसम्म ६ हजार ३११ जना निको भएर घर फर्केका हुन् ।

यस प्रदेशअन्तर्गतका विभिन्न आठवटै जिल्लाबाट अहिलेसम्म एक लाख १० हजार १३७ जनाको स्वाबको नमूना सङ्कलन गरिसकिएको छ । सोमध्ये ९३ हजार ५८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७०४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा कोरोनाको सङ्क्रमणबाट अहिलेसम्म १०८ जनाको मृत्यु भइसकेको छ ।

यस प्रदेशअन्तर्गत रहेका १७० वटा क्वारेन्टिनमा आजसम्म ४३९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४४८ जना, आइसोलेसनमा ८९० जना र होम आइसोलेशनमा चार हजार ५३६ जना बसेका छन् ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्