Logo

आज कहाँ–कहाँ बर्षा?



काठमाडौं, भदौ २८ । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अबस्थित रहेका कारण उक्त प्रभाव नेपालमा समेत पर्दा हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षा भईरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

आइतबार प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै रातीसम्म प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्