Logo

फेसबुक ‘कमेन्ट’को नाममा झडपः स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार



जनकपुरधाम, २८ भाद्र । सामाजिक सञ्जालमा पोष्ट भएको तस्बिरमा ‘कमेन्ट’ गरेकै नामा जनकपुरधाममा दुई समूहबीच झडप भएको छ। झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ।

जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा शनिबार झडप नियन्त्रणका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको हो। मुस्लिम समुदायको दाहा मोहर्रम पर्वको लागि बनाइएको दाहाको फोटोमा समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच विवाद भएको हो।

सामान्य विवादको विषयले उग्ररुप लिएपछि अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। पैठाकामा एक हिन्दु समुदायका युवाले मोहर्रमको बनाइने दाहाको फोटोलाई सामाजिक सञ्जालमा टिप्पणी गरेपछि युवाबीच विवाद भएको थियो। झडप उग्रह बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

विवादको क्रममा दाहा मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समूहले एक किराना पसलमा समेत तोडफोड गरेका छन्। यद्यपि दाहामा आगो कसले वा किन लगाइएको त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झडपलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित ६० जनाको टोली खटाएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्