Logo

आजदेखि लाइसेन्स नवीकरण गर्न सकिने



काठमाडौं, भदौ २५ । गत चैतदेखि बन्द रहेको सवारीचालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण गर्ने कार्य आजदेखि सुरु भएको छ ।

यातायात व्यवस्था कार्यालय ललितपुरले गत बिहिबार सूचना जारी गर्दै आजदेखि सवारीचालक अनुमति पत्र नवीकरणको काम शुरु गर्ने जानकारी दिएको थियो ।

त्यस्तै अन्य सेवाहरु भने कार्यालयले अर्को सूचना सार्वजनिक नगरेसम्म स्थगित रहने जनाएको छ ।

त्यस्तै, कार्यालयले भदौ ८ गते जारी गरेको सूचना अनुसार बन्दाबन्दीका कारण नवीकरण गर्न नपाएकाहरुलाई भदौ मसान्तसम्म नवीकरण गर्दा लकडाउन र निषेधाज्ञाको अवधिमा लाइसेन्स म्याद सकिएकाहरुलाई जरीमाना नलाग्ने उल्लेख गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्