Logo

मुख्यमन्त्री पौडेलद्वारा सिन्धुपाल्चोक घटनाप्रति दुःख व्यक्त



वाग्मती, २८ भदौ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिराको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गरेका छन् ।

उनले सन्देशमा बाह्रबिसे–७, घुम्थाङ नागपुजेमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएकोे दुःखद खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् । “पहिरामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । विपत्को क्षणमा उद्धार र राहतमा खटिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै आफन्तसहित बाससमेत गुमाएका व्यक्तिहरुको पुनस्र्थापनामा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भने ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्