Logo

राज्यका महत्वपूर्ण अंगहरूभित्रका संरचनात्मक कमजोरीहरुको बेलैमा उपचार नगरे लोकतन्त्र संकटमा पर्नसक्छ : डा. बाबुराम भट्टराई



काठमाडौं, २८ भदौ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले न्यायालय, अख्तियारजस्ता राज्यका महत्वपूर्ण अंगहरूभित्रका संरचनात्मक कमजोरीहरुको बेलैमा उपचार गर्नुपर्नेमा जोड दिएका छन् । उनले त्यसको बेलैमा उपचार नगरे भोलि लोकतन्त्र नै संकटमा पर्नसक्ने खतरा औंल्याएका छन् ।

रातोपाटीमा प्रकाशित ‘न्यायालयको रुपान्तरण–४’ शृंखलाको ‘सर्वोच्च अदालतमा षड्यन्त्रका किस्सा’ नामक समाचार शेयर गर्दै बाबुरामले आफ्नो भनाई राखेका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘यतिवेला देशमा न्यायालय,अख्तियार जस्ता राज्यका महत्वपूर्ण अंगहरूभित्रका संरचनात्मक कमजोरीहरू निकै गम्भीर ढंगले उद्घाटित भैरहेछन्! तिनलाई बेलैमा उपचार नगरे भोलि लोकतन्त्र नै संकटमा पर्नसक्छ! बेलैमा टालटुले हैन संरचनात्मक उपचार खोजौं!”



प्रतिक्रिया दिनुहोस्