Logo

ब्रेन ट्युमर भएपछि श्रीमानबाट सडकमा छाडिएकी समिता



भरतपुर, २८ भाद्र । ब्रेन ट्युमर भएर दुवै खुट्टा नचल्ने भरतपरकी समिता श्रेष्ठले हाल दुवै आँखाको ज्योति गुमाएकी छिन् । उपचारको लागि आर्थिक अभाव भएकोले सहयोग गर्न सबैमा आग्रह गरेकी छिन् ।

काठमाडौंका अंजीललाल श्रेष्ठसँग केही वर्ष अगाडि भरतपुर माइती भएकी समिताको प्रेम विवाह भएको थियो । उनीहरुका १ छोरा समेत छन् । जिन्दगी राम्रैसँग चलिरहदा समितालाई एकाएक ब्रेन ट्युमर जस्तो घातक रोग लाग्यो । ब्रेन ट्युमरको सिकार भएकी समिता (२९) लाई श्रीमान र घरपरिवारले औषधि उपचार गर्नुको सट्टा उल्टै घरबाट छोरा खोसेर निकालिदिएका छन् ।

सामान्य बिरामी हुँदा त घर परिवारको सहयोग आवश्यक पर्छ मानिसलाई भने ब्रेन ट्युमर जस्तो घातक रोग लागेकी श्रीमतीलाई उनले जन्माएको ५ वर्षको छोरासमेत खोसेर सडकमा छाडिदिएका छन् । घरबाट निकालिए पछि समिता हाल माइती चितवनमा आमा दुर्गादेवी श्रेष्ठसँग बस्दै आएकी छिन् ।

समिताको आमाले अर्काको घरमा भाँडा माझेर, लुगा धोएर जम्मा गरेको रकम र गरगहना बेचेर छोरीको उपचार गर्दै आएकी थिइन् । तर हाल भने जम्मा भएका रकम र गरगहना बेचबिखन सकिएपछि समिताको उपचारमा आर्थिक समस्या परेको छ । ब्रेन ट्युमर भएकी समिताको दुवै आँखाको ज्योति पनि गुमिसकेका छन् भने खुट्टा नै नचल्ने अवस्थामा उनी पुगेकी छिन् । छोरीको उपचारको लागि आमाले हार गुहार गरिन् तर कतैबाट सहयोग भएन ।

आमाले घर, गहना बेचेर छोरीको उपचार गरेपनि ठिक नभएपछि उपचार गर्ने खर्च नभएर समिता फेरी सडकमा पुगिन् । चितवनका समाजसेवी तथा सामाजिक अभियन्ता सागर लामिछानेले सडकबाट उपचारको लागि चित्रवन प्राकृतिक चिकित्सालयमा थेरापी भरतपुरमा पु¥याए र सकेको सहयोग गर्ने बाचा गरे । अभियन्ता लामिछानेले विदेशमा व्यवसाय गरेर बसेका साथीहरुको सहयोगले समिताको उपचारको लागि १३ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका छन् ।

एक पछि अर्को गर्दै शरीरका अंग चल्न रोकिदै गएका समिताको भरतपुर १२ स्थित चित्रवन प्राकृतिक चिकित्सालयमा थेरापी गराउदै आएकी छिन् । अझै समिताको उपचारको लागि ५ लाख खर्च हुने चिकित्सकहरुले बताएका छन् । तर अब समिता र आमासँग उपचार गर्ने रकम छैन ।

समिताका उपचारमा खटिएका डाक्टरहरुले उपचार सुरुगरे पछि केही सुधार आएको बताएका छन् । अझै उनको उपचार खर्च ५ देखि ६ लाख लाग्ने भएको छ । समिताको छोरा र श्रीमान साथमा भए उनको रोग ५० प्रतिशत कम हुने डाक्टरले बताएका छन् । तर निष्ठुरी श्रीमान कहिल्यै फर्केर आएनन् ।

आर्थिक अभावले छट्पटाएरहेका अवस्थामा सामाजिक अभियन्ता सागर लामिछानेसहित सहयोगी व्यक्तिहरुले समिताको उपचारको लागि आर्थिक सहयोग गरेका छन् । चितवन कालिका न.पा निवासी हाल जापानमा व्यवसाय गर्दै आएका रामशरण थापा लगायतले पठाएको रकममध्ये १३ हजार ५ सय समिताको थेरापी खर्चमा सहयोग पु¥याउन शनिवार अभियन्ता लामिछानेले उनको आमालाई हस्तान्तरण गरेका हुन् । पिडित समिताले आफ्नो जीवनदान दिन सहयोगी मनहरुलाई आग्रह गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्