Logo

भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना



एजेन्सी, २८ भाद्र । कोरोना भाइरससँग जुधेर काममा फर्किएका भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन् । टाइम्स अफ इन्डियाका अनुसार उनी दुई दिन अस्पतालमा रहनेगरी भर्ना भएका हुन् ।

शाह संसद बैठक अगाडि नियमित चेकजाँचका लागि अस्पताल भर्ना भएको एम्स अस्पतालले जानकारी दिएको छ ।

यसअघि शाह कोरोना भाइरसको संक्रमणको उपचारका लागि दुई हप्ता अस्पताल भर्ना भएका थिए । संक्रमणमुक्त भएपछि मात्र उनी फर्किएका थिए ।-File Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्