Logo

थप ९ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ३४५ पुग्यो



काठमाडौं, २८ भाद्र । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ३ महिला र ६ पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ । मृतकमध्ये काठमाडौंमा एकै दिन छ जना छन् ।

आज मृत्यु भएकासँगै देशमा कुल दुई सय ५० पुरुष र ९५ महिलाको मृत्यु पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस्