Logo

काठमाडौंमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि (विवरणसहित)



काठमाडौं, २८ भाद्र । काठमाडौंमा बितेको २४ घन्टाभित्र थप छ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा दुई महिला र चार पुरुष छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भइरहेको छ । बितेको २४ घन्टामा मृत्यु हुनेहरु सबैजना ५५ वर्ष माथिका छन् । उनीहरुमध्ये चारजना वृद्धवृद्धा छन् ।

मृतकको विवरण
१. काठमाडौंकी ६५ वर्षीया महिला
२. काठमाडौंकी ६५ वर्षीया महिला
३. काठमाडौंका ५९ वर्षीय पुरुष
४. काठमाडौंका ७० वर्षीय पुरुष
५. काठमाडौंका ६४ वर्षीय पुरुष
६. काठमाडौंका ५९ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्