Logo

सञ्चारकर्मी अनिल गौतमको पशुपतिमा अन्त्येष्टि



काठमाडौं, २८ भदौ । शुक्रबार निधन भएका प्राइम टाइम्स टेलिभिजनका दृश्य–सम्पादक अनिल गौतमको आज अन्त्येष्टि गरिएको छ । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज विहान पोष्टमार्टम सकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

अत्येष्टिमा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, प्राइम टिभीका सम्पूर्ण कर्मचारी, गौतमका परिवार, नेपाल चलचित्र प्राविधिक संघका पदाधिकारी तथा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती थियो । गौतमका शुक्रबार साँझ काठमाडौंको कोटेश्वरमा ट्रिपरले ठक्कर दिँदा मृत्यु भएको थियो । गौतमको पार्थिव शरिरमा उनका छोराले दागबत्ति दिएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्