Logo

बाख्राको गोठमा बलात्कार



सिरहा, २८ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बाख्राको गोठमा बालिका बलात्कार गर्ने रामचन्द्र सदालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिकाका सदा पक्राउ परेका हुन् । रामचन्द्रले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गर्न खोजेको र त्यसको १० दिन अगाडि पनि बाख्राको गोठमा जबरजस्ती करणी गरेकोे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्