Logo

सोल्टी दोबाटोमा लुटपाट गर्ने चारजना पक्राउ



काठमाडौं, २८ भाद्र । लुटपाट गरी भाग्दै गरेको अवस्थामा चारजना पक्राउ परेका छन् । लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं कलंकीका सन्तोष बिष्ट लगायत चारजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बाँके घर भएका ४२ वर्षीय पुरुषको नागार्जुन नगरपालिका बाफल चोकबाट हाल नम्बर नखुलेको बस चढेर स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा ७१ हजार ५ सय रुपैयाँ लुटेर गाडीबाट तत्काल झरी उनीहरू भागेका थिए । पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई बा.२ ज ४१७ नम्बरको ट्याक्सी चढेर भाग्न खोजेको अवस्थामा उक्त रकमसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्