Logo

श्रीमती लिन ससुराली पुगेका ज्वाइँको ससुराद्वारा हत्या



बाँके, २८ भाद्र । कुटपिट गरी ज्वाइँको हत्या गरेको अभियोगमा ससुरा लगायत पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । नेपालगंज परस्पुरका शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही नटनपुरुवाका नरेश चमार लगायत ५ जना पक्राउ परेका छन् ।

श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्