Logo

प्रेम सम्बन्ध बारे करिश्माको गुनासो



काठमाडौं, २८ भाद्र । नेपाली चलचित्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरको सुन्दरताको चर्चा सधै हुने गर्छ । उमेर बढ्दै जाँदा करिश्माले आफ्नो सौन्दर्यको ख्याल निकै राख्छिन् । उनीसँग आफुलाई सधै स्फुर्त र सदावहार फिट कसरी राख्न सकिन्छ भन्ने कुरा सिक्न सबैले जरुरी छ । करिश्मा ५० वर्षको हाराहारीमा पुग्दा पनि उस्तै सुन्दर देखिन्छिन् ।

एक समयमा नेपाली फिल्म क्षेत्रमा एक क्षत्र राज गरेकी करिश्मालाई यो उमेरमा आफ्नो प्रेम सम्बन्धको बारेमा कुरा गरेको पटक्कै मन पर्दैन् । तैपनि पत्रकारहरुले सधै सोध्ने प्रेम सम्बन्ध बारे सोधिएको प्रश्नमा उनको गुनासो छ । उनले विवाह गर्ने उमेरको छोरी हुँदा पनि आफुलाई प्रेम सम्बन्धको बारेमा प्रश्न गर्दा कम्तीमा परिवारको इज्यतको पनि ख्याल गर्न आग्रह गरेकी छिन् ।

यो उमेरमा प्रेमको बारेमा के जवाफ दिउ भन्दै करिश्माले अगाडी लेखेकी छिन्, ‘एउटा महिला कलाकार भएको नाताले मैले घरीघरी भोग्नु परेको एउटा बिषय हो तपाई फलानो संग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे ? म जुन क्षेत्रमा काम गर्छु त्यहाँ विभिन्न मानिसहरु संग संगत हुन्छ कतिसंग नजिक पनि भइन्छ , अब यस्तो प्रश्न को के जवाफ दिउ ? ’

उनले गुनासो गर्दै लेखेकी छिन्, ‘अनि तेहि प्रश्न ती पुरुषहरु जो संग मेरो प्रेम सम्बन्ध भनिएको हुन्छ ती पुरुषहरुसँग सोधिएको छैन् । ’



प्रतिक्रिया दिनुहोस्