Logo

प्रधानमन्त्री ओलीलाई भेट्ने कुलमानको प्रयास यसकारण भयो असफल



काठमाडौं, २८ भाद्र । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि आज मध्यरातिबाट सकिदैछ । अब उनी अर्को कार्यकालका लागि नियुक्त हुन नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । जुन सम्भावना क्षीण भइसकेको छ ।

सरकारले कुलमानलाई निरन्तरता नदिने संकेत यसअघि नै गरेको थियो । त्यसैले गत हप्ता मन्त्रिपरिषदको बैठक नै बसालिएन ।

कुलमानको चार वर्षे पदावधि सकिएलगत्तै उनीपछिका व्यक्तिले कामु कार्यकारी निर्देशको जिम्मेवारी पाउने सम्भावना छ । त्यसपछि कसलाई कार्यकारी निर्देशक बनाइनेछ स्पष्ट भएको छैन ।

घिसिङले प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउनुमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नहुनु हो । नेकपा अध्यक्ष प्रचण्ड घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए । ऊर्जामन्त्री वर्षमान पुन कुलमानलाई पुनः नियुक्तिको प्रस्ताव ठिक्क पारेर बसेका थिए । ओलीले भने ग्रिन सिग्नल नै दिएनन् ।

विश्वस्त स्रोतका अनुसार कुलमान घिसिङले ओलीलाई पटक पटक भेट्न खोजे तर पाएनन् । उनी भेट मिलाउन शक्तिकेन्द्र निकै धाएपनि नसक्नुमा ओलीले उनलाई निरन्तरता नदिने मनशाय राख्नु पनि हो । ओली उनको कतिपय कार्यशैलीप्रति असन्तुष्ट थिए । जुन निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक रुपमा बोलेर दर्शाएका थिए ।

सामाजिक सञ्जालमा कुलमान लोकप्रीय छन् । उनले लोडसेडिङ अन्त र विद्युत चुहावट कम गरको जस लिएका छन् । यत्रो लोकप्रीयता कमाएपनि घिसिङसँग बालुवाटार खुशी भएन ।

कुलमान घिसिङ २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्