Logo

सुहागरातमा पान खाएपछि बिछोड



विवाह जस्तो पवित्र बन्धनमा बाधिएपछि केटा र केटी दुवैले एक अर्काको इच्छा र भावनामा ध्यान राख्नु जरुरी हुन्छ । जहाँ केटीले आफ्नो जन्मघर छाडेर नयाँ घर परिवारमा जिन्दगी बिताउनुपर्छ । त्यहि नयाँ घरपरिवारमा विवाहको पहिलो रातमा नै समस्या भोग्नु जस्तो ठुलो सजाय एक मानिसको लागि अरु केही हुन सक्दैन ।

उत्तर प्रदेशको प्रतापगढमा सुहागरातमा पत्नीले लाख रोक्न कोशिश गर्दा पनि पतिले पान मसला खाइदिए । पत्नीले सम्झाउँदा पतिले उल्टै नयाँ दुलहीलाई कुटपटि गरे । विवाहको दिन पति पत्नी दुवैजना धेरै खुशी थिए । सुहागरातमा जब आफ्नो पति कोठामा पुगे दुलहीले दुधको गिलास दिएर स्वागत गरिन् । केही समय पछि पतिले मुखमा पान मसला राखे । पत्नीले नखान लाख बिन्ती गरिन् तर दुलहीको कुरा सुनेनन् र मसला खाइरहे ।

दुलही रिसाएको देखेर क्रोधित भएका दुलाहाले कुटपिट गर्न थाले । रातमा कुटपिट गरेका पतिलाई छाडेर विवाहको भोलिपल्ट सम्बन्ध समाप्त भएको फैसला गरेर दुलही पतिको घर छाडेर जन्म घर गइन् ।

विवाहको भोलिपल्ट नै दुलही एक्लै माइत फर्किएको खबर आगो झै फैलियो । महिलाले कसैसँग सल्लाह नगरी यस्ता पतिसँग जिन्दगी बिताउन नसकिने भन्दै एक्लै घरबाट निस्किएकी थिइन् । माइती पक्षले पतिविरुद्ध मुद्दा हालेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्