Logo

प्रेमीको साथमा ओछ्यानमा भेटिएकी पत्नीलाई पतिले रकम बार्गेनिङ गरेपछि…



परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्नेलाई अवैध सम्बन्ध भन्ने प्रचलन छ । अबैध सम्बन्ध राखेकै कारण कतिको हत्या हुन पुगेको छ भने कतिपयको घरबार बिग्रिएको छ । आफ्नो पत्नी परपुरुषसँग नजिकिएको देखेमा पुरुषले महिलालाई कुटपिट गर्ने जस्ता यातना दिन्छन् तर छत्तीसगढका एक पुरुषले आफ्नी पत्नी प्रेमीको साथमा एउटै ओछ्यानमा देख्दा पनि केहि गरेनन् । पतिको यस्तो व्यवहारले पत्नी पनि आश्चर्य परिन् ।

आफ्नो पत्नी अर्को व्यक्तिसँग अनैतिक सम्बन्ध राखेको देख्दा पनि ती व्यक्तिलाई रिस उठेन । तर पतिले पत्नीको प्रेमीलाई १० लाख रुपैयाँ मागे । पतिले पत्नी र उनका प्रेमीलाई भने, तिमीहरु दुईजनाको बीचको सम्बन्धमा मलाई कुनै समस्या छैन, जे गर्नु छ गर्नु तर यो कुरा लुकाउन मलाई १० लाख रुपैयाँ चाहिन्छ ।

यो विषयलाई शान्त बनाउन कुराकानी गरेपछि प्रेमी सम्झौता गरेर आफ्नो घर फर्किए । पछि पतिले आफ्नो पत्नीलाई लिएर प्रहरी कार्यालयमा गए र प्रेमी विरुद्ध बलात्कार मुद्दा हाले । प्रेमीलाई धम्की दिएर १० लाख रुपैयाँ उठाउनको लागि पतिले मुद्दा हालेका थिए ।

एक रिपोर्ट अनुसार पत्नीको गाउँकै एक युवकसँग अफयेर चलेको थियो । बहाना बनाएर युवकलाई भेट्न महिला जाने गर्थिन् । यो कुराको आशंका पतिलाई धेरै पहिले भएको थियो, तर उनले पत्नीलाई केहि भनेका थिएनन् । पतिले रंगेहात समात्नको पर्खाइमा थिए । एक दिन जब पत्नी घरबाट बहाना बनाएर निस्किइन् तब उनले पिछा गरेर दुवै जनालाई एकै कोठामा रंगेहात समातेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्