Logo

चित्रबहादुरको प्रश्न : छेरौटी लागेकाहरुलाई जीवनजल खुवाउन प्रदेश सरकार चाहिन्छ ?



काठमाडौं, २८ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगले ठूला-ठूला काण्डमा कसैलाई पनि कारबाही नगरेकोमा आक्रोश पोखेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले अख्तियारका आयुक्तहरुले के मुखले जनताको करबाट उठाईएको तलब खान्छन् ? भन्दै प्रश्न गरेका छन् ।

उनले नेपालमा संघीयता पूर्ण रुपमा असफल भैसकेको दाबीसमेत गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा पनि प्रदेश सरकारले के के काम गर्यो त ? भन्दै उनले प्रश्न उठाए । उनले भने,”त्यो पिसिआर गाउँपालिकाले गर्न सक्दैन् ? नगरपालिकाले गर्न सक्दैन् पिसिआर ? छेरौटी लागेकालाई जीवनजल खुवाउन प्रदेश सरकार चाहिन्छ ? लु भन्नुहोस् । प्रदेश सरकार बनेपछि त्यहाँ कलकारखना खुल्यो कि ? त्यहाँ उद्योगधन्दा खुल्यो कि ? भ्रष्टाचार कमी भयो त ? बरु, के भयो भने केही सिमित मान्छे थिए, भ्रष्टाचारी । अहिले त भ्रष्टाचारको घेरा त ठूलो भयो नि । सिंहदरबारमा हुने भ्रष्टाचार त प्रत्येक प्रदेशमा पनि गयो ।”



प्रतिक्रिया दिनुहोस्