Logo

गौतमलाई राष्ट्रिय सभा लैजान आलटाल



काठमाडौं, भदौ २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई विज्ञ समूहबाट राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने भने पनि १० दिनदेखि रोकिएको छ।

गत भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा मनोनय गर्ने बताए पनि अहिलेसम्म गरेका छैनन्। गत फागुनमै डा। युवराज खतिवडाको पदावधि सकिएपछि रिक्त भएको राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनयन गर्ने निर्णय भएपनि समयमै कार्यान्वयन भएको थिएन।

गत साता फागुनकै सचिवालय बैठकको निर्णयबमोजिम सचिवालय बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सभामा पठाउने भनेपछि गौतम निर्णय कार्यान्वयन हुने अपेक्षामा थिए। तर अहिलेसम्म प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालयमा सिफारिस नगर्दा विभिनन शंका उपशंका उब्जन थालेका छन्।

शुक्रबारको स्थायी कमिटीमा सो विषयले प्रवेश नै पाएन। बैठक सकिएपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले मनोनयन गर्ने भएकाले सरकारसँगै त्यसको जवाफ खोज्न आग्रह गरेका थिए।

तर प्रधानमन्त्री ओली अझै पनि गौतमसँग विश्वस्त छैनन्। उनको अस्थिर स्वभावलाई ओलीले विश्वास गर्न नसक्दा मनोनयनमा ढिलाइ भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्