Logo

अष्ट्रियाका थिमलाई युएस ओपनको उपाधि



एजेन्सी, २९ भाद्र । अष्ट्रियाका डोमिनिक थिमले यो वर्षको युएस ओपन टेनिसको उपाधि जितेका छन् । आज विहान सम्पन्न फाइनलमा जर्मनीका अलेक्जेन्डर जेभरेमलाई पाँच सेटको खेलमा पराजित गर्दै थिमले खेल जीवनकै पहिलो ग्रान्डस्लाम जितेका हुन् ।

खेलमा पहिलो दुई सेट गुमाएका थिमले सानदार पुनरागमन गरेका थिए । उनले २-४, ४-६, ६-४, ६-३ र ७-६ को सेटमा खेल जिते । २७ वर्षीय थिमसँग पराजित भएपछि २३ वर्षीय जेभरेभको आँसु रोकिएको थिए ।

खेलमा लगातार तीन सेट जित्ने अवस्था बन्दा बन्दै जेभरेभले लय गुमाएका थिए । जसका कारण उनी पराजित भएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्