Logo

आज कुन–कुन प्रदेशमा बर्षा?



काठमाडौं, भदौ २९ । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अबस्थित रहेका कारण उक्त प्रभाव नेपालमा समेत पर्दा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सु।प। प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीसम्म प्रदेश १, वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्