Logo

स्टबेरी किसानका छोरा सुगा जापानको प्रधानमन्त्री बन्ने



एजेन्सी, २९ भाद्र । जापानको अबको प्रधानमन्त्री को हुने भन्ने आज तय हुनेछ । सत्तारुढ दल कन्जरभेटिफ लिबरल डेमोक्रेटिक पार्टीको नेता चयनको चुनावले भावी प्रधानमन्त्रीको टुंगो लगाउँदैछ ।

चुनावमा वर्तमान प्रधानमन्त्री सिन्जो अबेका विश्वासपात्र योसिधे सुगाको जीतको सम्भावना बढी छ । हाल जापानको क्याबिनेटका सचिव रहेका उनलाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ ।

७१ वर्षीय सुगा स्टबेरी किसान परिवारमा जन्मिएका हुन् । उनी अनुभवी राजनीतिज्ञ हुन् । अब सन् २०२१ सम्म सुगाले जापानको सरकार चलाउनेछन् ।

सुगाको प्रतिष्पर्धीमा सिगेरु इसिबा र फुमिओ किसिधा छन् । तर, उनीहरुले जित्ने सम्भावना क्षीण रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

यसअघि जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण राजीनामा घोषणा गरेका थिए । लगत्तै उनको उत्तराधिकारीको खोजी शुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्