Logo

कपिलवस्तुकी कोरोना सङ्क्रमित महिलाको मृत्यु



रुपन्देही, २९ भदौ: कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रदेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।

कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा १७ र भेन्टिलेटरमा एक जना कोरोना सङ्क्रमितको उपचार भइरहेको बताइएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्