Logo

सुनको मूल्यमा वृद्धि



काठमाडौँ, २९ भदौ: आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

छापावाला सुन ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तरराष्ट्रिय बजारमा सोमबार सुन प्रति अउन्स एक हजार ९४६ डलरमा किनबेच भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्