Logo

पर्सामा नेपाल–भारत स्तम्भको खोजी



वीरगंज, २९ भदौ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले पर्सा जिल्लामा सीमास्तम्भ (जंगे पिलर)को अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भिखमपुरले आफ्नो क्षेत्र अन्तर्गत पर्ने २०० सीमास्तम्भको अनुगमन गरेको हो ।

पिलर नं ४१६/६ देखि ४२४/१३ को अनुगमन गरेको र केही सीमास्तम्भ पानीको कारण खोज्न कठिनाइ भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल भिखमपुर र भारतका सीमा सुरक्षा बल (एसएसबी)को टोलीले संयुक्त रुपमा नेपाल–भारत सीमामा पर्ने १८ किलोमिटर क्षेत्रमा रहेका सीमास्तम्भको अनुगमन गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले बताए ।

अनुगमनको क्रममा सबै सीमास्तम्भ सुरक्षित रहेको सशस्त्र प्रहरीले जनाएको छ । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–१ घोडदौडदेखि जगरनाथपुर गापाको वडा नं १ पिपराडीसम्म र भारततर्फ पश्चिम चम्पारण जिल्ला बेतियाको सीमानाकाहरूको सीमास्तम्भ अनुगमन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्