Logo

नारायणकाजी कुलमानको पक्षमा, पुनर्नियुक्ति हुनेमा विश्वस्त



काठमाडौं, २९ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङ नै नियुक्त हुने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता श्रेष्ठले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

उनले भनेका छन्,‘बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।’

घिसिङको कार्यकालको हिजोबाट सकिएको छ । उनले चार वर्ष पहिले भदौ २९ गते कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका थिए । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्ष हुन्छ ।



प्रतिक्रिया दिनुहोस्