Logo

यी हुन् टेनिस स्टार ओसाकाका प्रेमी



एजेन्सी, २९ भाद्र । युएस ओपन टेनिस दोस्रो पटक जितेपछि नोआमी ओसाका चर्चाको शिखरमा छिन् । उनले यसपटक टेनिस कोर्टमा आफूलाई पृथक रुपमा प्रस्तुत गरेकी थिइन् । हरेक पल्ट कालो मास्क लगाइन् जसमा विभिन्न समयमा मारिएका काला जातिकाहरुको नाम थियो ।

ओसाका रङ्गभेदविरुद्ध पृथक ढंगले प्रस्तुत भइरहेकी छिन् । जापानी आमा र जमैकाका बाबुकी छोरी ओसाका अमेरिकामा हुर्किइन् । उनी जापानी नागरिक हुन् ।

२२ वर्षीया ओसाका डेढ वर्षयता प्रेमसम्बन्धमा छिन् । उनको केटा साथी कोरडाइ अमारी डनस्टन हुन् । उनी २३ वर्षका भए । कोरडाई लोकप्रीय हिपहप गायक हुन् । गीत पनि लेख्छन् । पछिल्लो समय अमेरिकामा रङ्गभेदविरुद्धको आन्दोलनमा उनी झन् चर्चाको शिखरमा पुगेका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम